२१ भाद्र २०७८, सोमवार

नेपाली कांग्रेसनिकट जनसम्पर्क समिति बेलायतले आसन्न एनआरएनए आइसीसी निर्वाचनमा अध्यक्ष पदमा रविना थापालाई समर्थन गर्ने भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आइतबार सभापति युवराज गुरुङको अध्यक्षतामा सम्पन्न कार्य सम्पादन समितिको बैठकले थापालाई समर्थन र सहयोग गर्ने निर्णय गरेको जनाइएको छ ।

जनसम्पर्क समिति जापान र अमेरिकाकी संस्थापक सदस्य समेत रहेकी एनआरएनए आइसीसीकी वर्तमान उपाध्यक्ष रविनालाई बेलायत कांग्रेसले समर्थन जनाएको हो ।

म्याग्दीका कांग्रेस नेता दिलबहादुर केसीकी छोरी रविना जनसम्पर्क समिति जापान र अमेरिकाकी संस्थापक सदस्य रहेको तथा उनका श्रीमानसहित सिंगो परिवार नै कांग्रेस राजनीतिमा सक्रिय रहेकाले पनि उनलाई सघाउने निर्णय गरिएको जनसम्पर्क समिति बेलायतले जनाएको छ ।

समितिले आइसीसीको उपाध्यक्षमा थर्क सेन, महासचिवमा विनय अधिकारी र युरोप उपसंयोजकमा दयानिधि सापकोटालाई समेत समर्थन र सहयोग गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर