२१ भाद्र २०७८, सोमवार

अख्तियारको दुरुपयोग अनुसन्धान आयोगको टोलीले काठमाडौं महानगरपालिका १४ का एकजना वडा सदस्यलाई घुससहित पक्राउ गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

आयोगको टोलीले वडा कार्यलयका वडासदस्य वसन्त महर्जनलाई पक्राउ गरेको हो । उनले जग्गाको मोहियानी हक नामसारी र नाता प्रमाणित गरी मोही प्रमाण—पत्र र मालपोत तथा भूमि व्यवस्था कार्यालय काठमाडौंलाई सिफारिस दिनका लागि सेवाग्राहीसँग २ लाख रुपैयाँ घुस लिएको आयोगले जनाएको छ ।

टंगालबाट खटिएको आयोगको टोलीले सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा उनलाई कलंकी, खसी वजार स्थित न्यू कान्तिपुर तन्दुरी भोजनालयवाट नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर