
२१ भाद्र २०७८, सोमवार
रोल्पामा पहिरोले घर पुर्दा २ जनाको मृत्यु भएको छ । रोल्पा नगरपालिका–१० धवाङको बाम्लामा आइतबार राति पूर्णबहादुर थापाको घर पहिरोबाट पुरिँदा ७० वर्षीया गौसरी थापा र पाँच वर्षीय हिमाल रोकाको मृत्यु भएको प्रहरी नायब उपरीक्षक नरेशराज सुवेदीेले जानकारी दिए । पहिरोमा परी ३५ वर्षीय मनबहादुर रोका र ३३ वर्षीय भीमकुमार रोका घाइते भएका छन् ।
उक्त ठाउँमा वर्षाका कारण एउटा घरमा पूर्णरुपमा क्षति पुगेको छ । दुई घरमा सामान्य क्षति पुगेको सुवेदीले बताए । जिल्ला प्रहरी कार्यालयको टोली, सशस्त्र प्रहरी र स्थानीयवासीले घाइतेको उद्धार गरेका थिए ।