२१ भाद्र २०७८, सोमवार

संखुवासभामा एकैपरिवारका ६ जना व्यक्तिको हत्या गरिएको छ । जिल्लाको मादी नगरपालिका–१, खोला गाउँका एकै घरका ६ जनाको हत्या भएको हो ।

प्रहरीका अनुसार स्थानीय तेजबहादुर कार्कीको परिवारलाई अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको हो ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले स्थानीयलाई उदृत गर्दै बताएअनुसार ५८ वर्षीय तेजबहादुरकी आमा पार्वता कार्की, श्रीमती मनमाया कार्की, बुहारी रञ्जना कार्की, नाति दिपक कार्की र नातिनी गोमा कार्की मृत अवस्थामा भेटिएका हुन् ।

प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर