
२० भाद्र २०७८, आइतवार
दोस्रो मैत्रीपूर्ण फुटबल खेलमा भारतले नेपाललाई २–१ ले पराजित गरेको छ ।
आज भएको मैत्रीपूर्ण खेलमा भारतलाई जित दिलाउन ६३ औं मिनेटमा फारुख चौधरी र ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । नेपालका तेज तामाङले ८६ औं मिनेटमा सान्त्वना गोल फर्काए । यस अगी भएको खेलमा १–१ को बराबरीमा रोकेको नेपालले दोस्रो खेलमा हार ब्यहोरेको हो ।