२० भाद्र २०७८, आइतवार

अमेरिकाको क्यालिफोर्निया चार वर्षदेखि बस्दै आएका झापाका २६ बर्षीय सुमन पोख्रेलको निधन भएको छ ।
उनको मृत्युपछि क्यालिफोर्नियाको दि ह्वाइट जोन क्यालिफोर्निया नामक गैर मुनाफा सामाजिक संस्थाले दाह संस्कार गर्नका लागि खर्च जुटाउन गो फण्डमी मा खाता खोलेको छन । दि ह्वाइट जोन क्यालिफोर्नियाका अनुसार पोख्रेलको शनिबार अस्पताल भर्ना गरेको केही समयमै मृत्यु भएको उल्लेख गरिएको छ ।
उनी गत बर्ष मात्रै नेपालमा विवाह गरेर अमेरिका फर्किएका थिए । गत सेप्टेम्बर ४ का दिन खोलिएको गो फण्ड मी खाताको लक्ष्य ४० हजार डलर राखिएको छ । हाल सम्म १८ हजार १६६ डलर संकलन भैसकेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

 

प्रतिक्रिया

सम्बन्धित खवर