
२० भाद्र २०७८, आइतवार
झापाको बिरिङ खोला किनारमा आमाछोराको शव फेला परेको छ । मोरङ सुनबर्षीकी ३८ बर्षीया उमा विक र उनका अढाई बर्षीय छोरा शिशिरको शव खोला किनारमा फेला परेको हो । उनीहरुको शव एक किलोमिटर दुरीको अन्तरमा भेटिएको झापा प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार आमाको आइतबार विहान १० बजे र छोराको शव अपरान्ह १ बजे फेला परेको हो । कनकाई नगरपालिका वडानम्बर ८ मा रहेको उमाको माइतीघरमा उनीहरु बस्दै आएकी थिइन् ।