२० भाद्र २०७८, आइतवार

पछिल्लो २४ घण्टामा १,०८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २० जना संक्रमितको मृत्यु भएको छ ।

सोही अवधिमा १५ सय ३४ जना संक्रमणमुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५३ जना कोरोना भाइरस पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयकाका अनुसार काठमाडौँमा ८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ गरी ४५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा सात हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँ जिल्लामा चार हजार १९८, ललितपुरमा दुई हजार ७५ र भक्तपुरमा एक हजार ३१६ सक्रिय संक्रमित छन्। अहिले देशभर ३१ हजार २ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर