२० भाद्र २०७८, आइतवार

दाङ, घोराही उपमहानगरपालिका-१३ वडरा बस्ने २५ वर्षीय ईन्द्र कमल वुढामगरलाई म्याग्जिन लोड भएको अटोमेटिक पेस्तोल १ थान र १ राउण्ड गोली सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

उनको घरमा  अवैध हातहतियार पेस्तोल लुकाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको घरमा पार्किङ गरी राखेको रा.५ प ८७६२ नम्बरको स्कुटर मुनि प्लाष्टिकमा लुकाई राखेको उक्त हतियार फेला पारी उनलाई पक्राउ गरेको हो । साथै दाङ, तुलसीपुर उपमहानगरपालिका-४ खाद्रेस्थित न्याउली सामुदायिक वनमा स्याउलाभित्र अपरिचित व्यक्तिले लुकाई राखेको १ थान भरुवा बन्दुक प्रहरी चौकी खाद्रेबाट खटिएको प्रहरीले शनिबार दिउँसो फेला पारी बरामद गरेको छ ।

यस्तै खोटाङ, हलेसी तुवाचुङ नगरपालिका-१० बस्ने दिलसेर राई र ५५ वर्षीय खड्ग सिंह राईलाई २ थान भरुवा बन्दुक सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुको घरमा अवैध रुपमा भरुवा बन्दुक लुकाई राखेको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनीहरुको घरबाट १/१ थान उक्त बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

यसैगरीकञ्चनपुर, कृष्णपुर नगरपालिका-४ किचाई ग्वासी समैजी सामुदायिक बनमा बेवारिसे अवस्थामा रहेको १ थान एकनाले भरुवा बन्दुक शनिबार साँझ प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर