
२० भाद्र २०७८, आइतवार
युरोपियन युनियनले अफगानिस्तानका तालिबानलाई सहयोग गर्नका लागि पाँच ओटा शर्त अघि सारेका छन् ।
स्लोभानियामा सम्पन्न भएको युरोपियन युनियनका विदेशमन्त्रीको दुई दिने बैठकले सहयोगका लागि शर्त अघि सारेको युनियनको विदेश नीति प्रमुख जोसेफ बरेलले बताउनुभएको छ ।
सहयोग पाउनका लागि तालिबानले अफगानिस्तानमा आतङ्ककारीलाई आश्रय दिन नहुने, मानवअधिकारको सम्मान र रक्षा गर्नुपर्ने, महिला अधिकार, प्रेस स्वतन्त्रता हुनुपर्ने र कानुनी शासनको प्रत्याभूति हुनुपर्ने युरोपियन युनियनका शर्त छन् ।