२० भाद्र २०७८, आइतवार

एनआरएनए रोमानियाको सातौँ राष्ट्रिय महाधिवेशनले खगेन्द्र अधिकारीको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति २०२१-२०२३ को चयन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा ल्हाक्पा तेन्जी लामा शेर्पा,उपाध्यक्षमा गोपाल खड्का,महासचिवमा फुर्साङ लामा,सचिवमा प्रकाश चन्द,कोषाध्यक्षमा विजय कुँवर,सह(कोषाध्यक्षमा सन्दीप शाह,युवा प्रतिनिधिमा सबिन आचार्य,प्रवक्तामा युवराज लामिछाने र महिला प्रतिनिधिमा शोभा मानन्धर चयन भएका छन ।
यसैगरी सदस्यहरुमा अनिल खनाल,अनु खड्का,डिकेश मगर,ईशा श्रेष्ठ,सहिल हुसेन,नबिन कुमार नगरकोटी।गोमा थापा,आड्रीआन श्रेष्ठ,पदम श्रेष्ठ, रहेका छन । यसैगरी अन्य सदस्यहरुमा विष्णुराज पाण्डे,रमेश ढकाल,जेनी गुरुङ,जाङ्बो शेर्पा,सुमी शेर्पा,सचेन्द्र कार्की चयन भएका  छन ।
समितिको प्रमुख संरक्षकमा नवराज पोखरेल,संरक्षकमा आलोक साह,सल्लाहकारमा डा। अमित रिजाल र आईसीसी सदस्य सुरेन्द्र गौतम चयन भएका छन ।
एनआरएनए अन्तर्राष्ट्रिय समन्वय परिषद् युरोपका सह संयोजक शुक्रराज न्यौपानेको पहलमा रोमानियाको राजधानी बुखारेस्ट सहरमा रहेको नेपाली एभरेष्ट रेष्टुरेण्टमा कार्यक्रम गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर