२० भाद्र २०७८, आइतवार

एनआरएनएको आयोजनामा लण्डनमा सेक्टेम्वर १७ देखि १९ सम्म तेस्रो विश्व नेपाली स्वास्थ्य सम्मेलन हुने भएको छ ।

https://amzn.to/4myfPN5

सम्मेलनमा २५ देशका ३ सयभन्दा बढी नेपाली चिकित्सकहरुको सहभागिता रहने छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार सम्मेलनमा ५० भन्दा बढी नेपाली चिकित्सकहरुले आआफ्नो कार्यपत्र प्रस्तुत गर्ने छन ।
नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवको आतिथ्यमा हुने सम्मेलनलाई गैरआवासीय नेपाली सङ्घका अध्यक्ष कुमार पन्त, डा. भगवान कोइराला, बेलायती उपल्लो सदनकी सदस्य लर्डस् ब्यानेरस क्यानेडी, डा. सुनिल शाह, एनआरएनएका महासचिव डा. हेमराज शर्मा, एनआरएनए स्वास्थ्य अनुसन्धान समितिका संयोजक डा. बोधराज सुवेदीलगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

सम्मेलनमा नेपाल मेडिकल काउन्सिल, अस्ट्रेलिया नेपाली मेडिकल काउन्सिल, नेपाल नर्सिङ एसोसिएसन यूके, नेपाली डाक्टर एसोसियसन यूके, गैरआवासीय नेपाली सङ्घ यूके, नर्सिङ नेपाली एसोसिएसन यूकेलगायत धेरै सङ्घसंस्था तथा प्रतिनिधिहरूको सहभागिता रहने छ । यसअघि अमेरिकामा पहिलो र दोस्रो स्वास्थ्य सम्मेलन भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर