१९ भाद्र २०७८, शनिवार

नेपालगंज उपमहानगरपालिका–२० राझाँ एअरपोर्टबाट ४ किलो २१.४९ ग्राम सुन सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको    छ । पक्राउ पर्नेहरुमा झापा खादुनावारी गाविस–६ ठेगाना भएका २६ वर्षीय अमिर लगुन विश्वकर्मा र मोरङ लेटाङ गाविस-२ ठेगाना भएका २८ वर्षीय बुद्दीमान खाती रहेका छन् ।

श्री एअरलाइन्सको उडानद्वारा काठमाडौंबाट नेपालगंज आएका उनीहरुलाई नेपालगंज विमानस्थलको आगमन कक्ष वाहिर शंकास्पद रुपमा फेला पारी प्रहरीले तलासी गर्दा विश्वकर्माले लगाएको जुत्तामा रहेको सुन जस्तो देखिने ४ थान विस्कुट र खातीले लगाएको जुत्ताको तलुवामा रहेको सुन २ थान विस्कुट गरि जम्मा ६ थान विस्कुट-काँचो सुन ३ किलो ९९४ ग्राम) पक्राउ परेको प्रहरीले जनाएको छ ।

खातीले बोकेको झोलाबाट सुनको जस्तो देखिने तिलहरी १ थान, वाला १ थान, गणेश लकेट ५ थान (तौल २७.४९ ग्राम) गरी जम्मा ४ किलो २१.४९ ग्राम सुन फेला पारी उनीहरुलाई  पक्राउ गरेको हो ।यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर