दिनेश खडका/क्वालालम्पुर

१९ भाद्र २०७८, शनिवार

मलेसियाको जोहोरवारुमा रहेको एक सेक्युरिटि कम्पनीमा कार्यरत २० जना नेपालीहरुलाई १२ दिनदेखि कोरोना सक्रमण देखिएपनि वाध्य भएर एउटै कोठामा वस्नु परेको छ ।

होम आईसोलेसन र क्वारेन्टाईनको वाहाना वनाएर कम्पनीले अस्पताल लग्नुको साटो आफुहरु पहिला देखि नै वस्दै आएको हलमा वस्नु परेको पिडित नेपालीहरुले गुनासो गरेका छन ।

औषधीको नाममा प्यानाडोल मात्र एकपटक ल्याईदिएको र त्यसपछि कुनै पनि वास्ता नगरेको टेलिफोनमा जानकारी गराए ।

कम्पनीमा कार्यरत सक्रमित नेपालीहरुले खाना पकाउने नुहाउने धुने र दिसापिसाव एकै ठाउँमा गर्नुपर्ने वाध्यता भएका कारण सक्रमण अझ वढने खतरा देखिएको छ ।

मलेसियामा सेक्युरिटि कम्पनी भित्र हुने दादागिरी,अनावश्यक केशहरु लगाउने,काम हुदा सम्म लगाउने तलव माग्दा प्रहरी लगाएर समाउन,केहि वोल्यो या दुतावासमा खवर गरेमा कुटाई खाने र डिपोट हुने सम्मका समस्याहरु अन्य कम्पनी र  कतिपय कुराहरु आफनै कम्पनीमा पनि  भोगेका र देखेका कारण पनि उनीहरुले आफना समस्याहरु सम्वन्धित ठाउँमा समेत पुरयाउन सकेका छैनन ।

कम्पनीमा कार्यरत ५ जना नेपालीलाई स्वास्थमा केहि सुधार भएको थाहा पाउना साथ कम्पनीले काममा लगाईसकेको थियो तर दुईदिन पनि काम गर्न नसकेपछि अहिले त्यहि होस्टलमा वसिरहेका छन ।

एकै पटक कोरोना सक्रमित भएका मध्ये एक जना नेपालीको एकदिन अगाडि मात्रै मृत्यु भएपछि  उनीहरुमा अझ डर थपिएको छ।  साथिको  मृत्यु हुदा पनि कम्पनीले कुनै चासो नगरेको उनिहरु बताउँछन्। केहि साथीहरुलाई रुघा,केहि लाई खोकि तथा केहिलाई ज्यान दुख्ने देखि स्वा स्वा हुने समस्या देखिएको उनीहरुले वताए ।

हामि कतिदिन देखि सुत्न पनि सकेका छैनौ । कहिले कुन साथीलाई वढि हुन्छ कहिले कुन साथीलाई वढि हुन्छ एकले अर्कालाई सक्दो सहयोग गरेका छौ उनीहरु भन्छन । अझ सगै खाने सगै सुत्ने साथीलाई आफनै आखाँ अगाडि गुमायौ सवै साथीहरुको अवस्था उस्ताउस्तै छ हामि कसरी सुत्न सक्छौ उनीहरुले टेलिफोनमा भने ।

जसलाई कोरोनाले थला पारेको छ त्यसलाई मात्र कोरोना के हो थाहा हुदो रैछ । वोल्न समेत गाह्रो छ तर नपरेकालाई त मजाक जस्तै लाग्छ सक्छ उनीहरुको सामुहिक भनाई छ ।

उनीहरुले आफना समस्याहरु सम्वन्धित ठाउँमा राखिदिन समेत आग्रह गरेका छन ।

 

एक श्रमिकको मृत्यु भएपछि शव निकाल्न पुगेका स्वास्थकर्मिहरु

शव निकाल्दै

(उनीहरुले आफुहरुको अहिले वसाईको वारेमा केहि फोटो र भिडियोहरु हामि संग सुरक्षित छ)

 

प्रतिक्रिया

सम्बन्धित खवर