१९ भाद्र २०७८, शनिवार

नेकपा एमालेका अध्यक्ष केपी शर्माओली अस्वस्थ भएका छन् । ओली अस्वस्थ भएपछि शनिबार उनी सहभागी हुन तय गरिएका कार्यक्रमहरु स्थगित गरिएका छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

‘सामान्य ज्वरो आएको छ, बढी थकान भएपछि सहभागी हुने कार्यक्रमहरु रोकिएका छन्,’ ओलीका प्रेस सल्लाहकार रामशरण बजगाईंले   भने । ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजागाईंले बताए ।

नेकपा एमाले विभाजन गरेर वरिष्ठ नेता माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरेपछि ओली सक्रिय भएका थिए । गत फागुनमा ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर