१८ भाद्र २०७८, शुक्रवार

काठमाडौं शङ्खरापुर नगरपालिका–३ धोक्साङमा गोरु काटेको आरोपमा पाँच जना पक्राउ परेका छ । गोरुको मासु नगरकोटमा बेच्न लैजाने क्रममा पाँचजना पक्राउ परेका हुन् ।

महानगरीय प्रहरी प्रभाग साँखुबाट गएको प्रहरीले गोरुको मासु ओसारिरहेको अवस्थामा पाँच जना स्थानीयवासीलाई पक्राउ गरेको हो ।

धोक्साङबाट बा६७प ६६११ नं स्कुटीमा बोराका बोरा मासु लगिरहेका बेला प्रहरीले सोधखोज गरी घटनामा संलग्न पाँच जनालाई पक्राउ गरेको हो । गोरु काट्ने, मासु ओसार्ने र त्यसमा प्रयोग भएको स्कुटी पनि पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बौद्धले जनाएको छ ।

पक्राउ पर्नेमा प्रितम तामाङ, मानबहादुर तामाङ, सन्तबहादुर तामाङ, रञ्जित थिङ र विजय घिसिङ रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर