१८ भाद्र २०७८, शुक्रवार
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पीपीएलएको भेलाका सन्दर्भमा विवाद भएपछि सहभागी नहुने भएका छन् ।
पार्टी निकट प्रगतिशील पेशागत कानुन व्यवसायी संघ (पीपीएलए)को भेलामा सहभागी नहुने भएका हुन् ।
ओलीलाई शुक्रबार दुई बजे सुरु हुने ललितपुरको च्यासलमा प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको थियो ।
तर पीपीएलएका अध्यक्ष रुद्र नेपालले आज राखिएको भेला संस्थागत निर्णयबाट नभएको भन्दै भेलामा सहभागी नहुन आग्रह गरेका थिए ।
पीपीएलएका इन्चार्ज रहेका एमाले स्थायी कमिटी सदस्य रघुजी पन्तले आजको भेला रोक्न आग्रह गरेका थिए ।
पार्टीमा भएको १० बुँदे सहमतिको भावना विपरीत पिपिएलको बैठक बोलाइएको उनीहरुको भनाइ थियो ।