१८ भाद्र २०७८, शुक्रवार

गायिका स्मिता दाहालले पहिलो पटक हिन्दी गीतमा स्वर दिएकी छन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भारतको प्रतिष्ठित कम्पनी टि–सिरिजको पप चार्टबस्टर्स नामक यूट्युब च्यानलबाट शुक्रवार उनको स्वरमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ । गायनमा उनलाई  गायक शबाब सबरीले साथ दिएका छन् ।  गीतको भिडियोमा गायिका स्मिता र  अर्जुन बिज्लानी फिचर्ड छन् ।

भिडियोमा राजीव एस रुयाको निर्देशन छ । भिडियो पुनम यादवले निर्माण गरेकी हुन् । गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर