१८ भाद्र २०७८, शुक्रवार
अमेरीकाको न्यूयोर्कमा आएको आँधी र भीषण वर्षाका कारण आएको बाढीमा परी ३ जना नेपालीको मृत्यु भएको छ ।
युनाईटेड शेर्पा एसोसिएसन न्यूयोर्कले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला दुधकुण्ड नगरपालिका–२ जुनवेशी स्थायी घर भइ हाल न्युयोर्कमा बसोबास गर्दै आएका आङ गेलु लामा, उनकी पत्नी मिङमार शेर्पा र १९ महिनाको छोरा लोप्साङ लामा छन् ।
न्युयोर्कको उडसाइडस्थित घरको वेसमेन्टमा बस्दै आएका उनीहरुको बेसमेन्टमा पानी भरिएर मृत्यु भएको हो । सुतेको बेला डुबेर मृत्यु भएका उनीहरुको शव सुरक्षाकर्मीले बाहिर निकालेका थिए । उनीहरु १४ वर्षदेखि न्युयोर्कमा बस्दै आएको बताइएको छ ।
अमेरिकाको न्यूयोर्कमा आएको आधिवेरीलाई आइडा नाम दिईएको छ ।
अमेरिकामा हालसम्म ६ वटा राज्यमा वर्षा ,बाढीवाट ६८ जनाको मृत्यु भईसकेको त्यहाँका सन्चारमाध्यमहरुले जनाएका छन ।