१७ भाद्र २०७८, बिहिवार

सल्यान जिल्ला सारदा नगरपालिका १५ हरल्ले भई भारतमा कार्यरत २१ वर्षिय प्रदिप भण्डारी भारतको चंडिगढमा वुधवार लुटिएका छन ।
नेपाल फर्कनको लागि हिमांचलको रोहडुबाट हिडेका प्रदिप शिमला पुगेको र त्यहाबाट अन्य नेपालीहरु सगै नेपाल फर्कन थालेका थिए ।
चंडिगढमा बसबाट झरेपछि संगै आएका नेपालीहरुले चिसो र नास्ता खाउँ भनेपछि प्रदिप झरेर चिसो पनि खाएका थिए ।
चिसो खाईसकेपछि प्रदिप वेहोस भएका थिए । होस खुल्दा सगै आएका साथीहरु थिएनन भने उनी सग भएको ३२ हजार नगर अन्य सामाग्रिहरु समेत चोरी भएको थियो ।
अलपत्र अवस्थामा भेटिएका प्रदिपमा सोहि ठाउँमा रहेका समाजसेवि खिमराज चालिसेको पहलमा सागर एंड सगरमाथा टुर एंड ट्रावल्सले सम्पुर्ण खर्च वेहोर्ने गरि प्रदिपलाई नेपाल पठाईदिएका थिए । विहिवारमात्रै प्रदिप नेपाल आईपुगेका जानकारी प्राप्त भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर