१७ भाद्र २०७८, बिहिवार
आफ्नै साथीको हत्या गर्ने नेपाली सेनाका सैनिक गंगाधार ढकाललाई २५ वर्षको जेल सजाय सुनाइएको छ । सैनिक भरत गुरुङको हत्या आरोपमा सैनिक अदालतले जन्मकैदको सजाय सुनाएको हो ।
नेपाली सेनाको समरी जनरल सैनिक अदालतले विहीबार गुरुङको हत्यामा दोषी ठहर गर्दै सैनिक ढकाललाई सजाय सुनाएको नेपाली सेनाले जनाएको छ ।
गत साउन ७ मा चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ७ सिमलडाँडामा गुरुङको शव फेला परेको थियो ।









