१७ भाद्र २०७८, बिहिवार

नेपाल र भारतबीचको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल बराबरीमा सकिएको छ।

https://amzn.to/4myfPN5

दशरथ रंगशालामा भएको खेल १-१ गोलको बराबरीमा सकिएको हो।

नेपालले खेलको ३६ मिनेटमा  अञ्जन विष्टले गोल गरे।

खेलको ६० मिनेटमा भारतले बराबरी गोल फर्कायो।

नेपाल र भारतबीच अब आइतबार दशरथ रंगशालामै दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुनेछ।

दुवै टिमले आगामी महिना माल्दिभ्समा हुने साफ च्याम्पियनसिपको तयारीका लागि मैत्रीपूर्ण खेल खेलेका हुन्।

आइतबार मैत्रीपूर्ण खेलपछि नेपाली टिम साफको तयारी गर्न कतार जानेछ। कतारमा तयारी गरेपछि नेपाल उतैबाट माल्दिभ्स पुग्नेछ।

प्रतिक्रिया

सम्बन्धित खवर