१७ भाद्र २०७८, बिहिवार
प्रदेश २ का दुई सांसदले माधवकुमार नेपाललाई छाडेका छन । सांसद सुन्दरबहादुर विश्वकर्मा र सीता गुरुङले एमालेमै बस्ने निर्णय लिएका हुन् । नेकपा एकीकृत समाजवादी रोजेका एमाले सांसदहरु बिहीबार सनाखतका लागि जनकपुरधामस्थित निर्वाचन आयोगको प्रादेशिक कार्यालयमा जाने तय भएको थियो । उनीहरुले भने, ‘लामो समयदेखि यही पार्टीबाट राजनीति गर्दै आएका छौं‘ अब पनि यहीं बसेर राजनीति गर्छौं ।’ अन्तरसंघर्षका बेला नेता नेपाललाई साथ दिएको भए पनि पार्टी फुटाउन साथ दिन नसकिने बताएका छन् ।