१७ भाद्र २०७८, बिहिवार

अफगानिस्तानबाट थप १० जना नेपालीको उद्धार गरिएको छ । परराष्ट्र मन्त्रालयका अनुसार बुधबार साँझ फ्लाई दुबइको नियमित उडानबाट ६ जना र कतार एयरको नियमित उडानबाट २ जना तथा बिहीबार कतार एयरको नियमित उडानबाट २ जना समेत गरी थप १० जना नेपाली स्वदेश फर्किएका हुन् ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

हालसम्म अफगानिस्तानबाट ८५७ जना नेपाली नागरिकको उद्धार गरिएको छ । अझै अफगानिस्तानको राजधानी काबुलमा ३४ जना नेपाली उद्धारको पर्खाइमा छन् । उनीहरुको उद्धारका लागि नेपालले सबै पक्षसँग समन्वय गरिरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर