१७ भाद्र २०७८, बिहिवार

एनआरएनए मलेसियाका पूर्व अध्यक्ष हरि प्रसाद भटटराईले एशिया प्यासिफिक क्षेत्रीय उप संयोजकमा उम्मेदवारी घोषणा गरेका छन्
आज काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरी उम्मेदवारी घोषणा गरेका हुन ।
‘सुरक्षित, मर्यादित र व्यवस्थित वैदेशिक रोजगार, युवापुस्ताको सहभागिता र श्रमिक मैत्री एनआरएन मेरो सरोकार’ भन्ने नारासहित उनले उम्मेदवारी घोषणा गरेका हुन् ।

https://amzn.to/4myfPN5

एनआरएनए मलेसियाको अध्यक्ष रहदा मलेसियामा अलपत्र परेका नेपालीहरुलाई उद्धार गर्नको लागि उनी निकै सक्रिय भएर लागेका थिए । मलेसियामा एनआरएनको कार्यालय नभएको अवस्थामा भटटराइ पहलमा कार्यालयको स्थापना भएको थियो ।भटटराईले श्रमिकलाई दुख परेको वेलामा सघाउ पुगोस भनेर ५० हजार रिगेट मलेसिया एनआरएनएको खातामा राखिदिएका थिए ।

उम्मेदवारी घोषणा कार्यक्रममा एनआरएनए एशिया प्यासिफिकका हरेक गतिविधिहरुलाई श्रमिक मैत्री बनाउने, नेपाल र एशिया प्यासिफिकको सम्बन्धलाई व्यापारिक र आर्थिक सम्बन्ध बिस्तार गर्न पहल गर्ने, जेलमा परेका नेपाली तथा कोभिडको मारमा परेर रोजगारी गुमाएका नेपालीलाई निशुल्क स्वेदेश फर्काउने तथा वैदेशिक लगानीलाई नेपालमा भित्राउनको लािग पहल गर्नेलगायत प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

भट्टराईले कोभिड १९ महामारीको समय श्रमिकहरुको उद्धार कार्यमा घण्टौंसम्म खटिएको स्मरण गर्र्दै वैदेशिक रोजगारीमा रहेका विभिन्न नेपालीहरुलाई यस अवधिमा स्वदेश फर्काएको र मलेसियाका विभिन्न जेलमा रहेका ७० भन्दा बढीलाई स्वदेश फर्काउन सफल भएको बताए । त्यसैगरी एनआरएनएकै पहलमा नेपालमा कोरोनाविरुद्धको खोप खरिदका लागि २८ लाख संकलन समेत भटटराईको पहलमा भएको थियो ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर