
१७ भाद्र २०७८, बिहिवार
बलिउड अभिनेता अमिताभ बच्चन ४५ दिनको बसाईका लागि नेपाल आउने भएका छन् ।
निर्देशक सुरज बडजात्याको फिल्म ‘ऊँचाई’को सुटिङका लागि उनी नेपाल आउन लागेका हुन् ।
फिल्ममा बोमन इरानी र अनुपम खेरको पनि प्रमुख भूमिकामा अभिनय रहनेछ ।
फिल्मको सुटिङ अक्टोबरबाट सुरु हुनेछ ।
फिल्म सन् २०२२ को मध्यमा रिलिज हुनेछ ।
४० देखि ५० दिनसम्म नेपालमा फिल्मको सुटिग हुने भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ ।