१७ भाद्र २०७८, बिहिवार

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज पश्चिम भारत क्षेत्रीय समिति अन्तर्गत गुजरातको भुज शहरमा नगर समितिको पुर्नगठन भएको छ ।
भेलाले विनोद भट्टराईको अध्यक्षतामा १३ पूर्ण २ बैकल्पिक र २ सल्लाहकार सहित १७ सदस्यीय भुज नगर समितिको पुनर्गठन गरेको छ । समितिको उपाध्यक्षमा दान बहादुर मल्ल, सचिवमा प्रकाश बोटेल, सहसचिवमा कपेन्द्र शाही र कोषाध्यक्षमा विजय चलाउने रहेका छन । यसैगरी सदस्यहरुमा भिम बहादुर दुबरास्कोटि, देवेन्द्र रावल, मनोज सोनी, प्रेम बटाला, धिरज सिंह, हिरा प्रसाद खनाल, अक्कल प्रसाद खनाल, केशव बिक रहेका छन । यसैगरी बैकल्पिक सदस्यमा रमेश बराल र मनसरा बोटेल शारदा उपाध्याय र लक्ष्मी देवी मल्ल सल्लाहकारमा चयन भएका छन ।

नयाँ समितिलाई महासचिव ठाकुर खनाल र सचिव बेदबहादुर कार्की,विनोद भट्टराई,प्रकाश बोटेल,दान बहादुर मल्ल लगायतकाले शुभकामना दिएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर