१७ भाद्र २०७८, बिहिवार

बलिउड कलाकार सिद्धार्थ शुक्लाको निधन भएको छ ।  ४० बर्षको उमेरमा सिद्धार्थको निधन भएको हो । उनको पार्थिव शरीरलाई अहिले मुम्बइको कपुर अस्पतालमा राखिएको छ ।  हृदयघातका कारण निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।

उनको जन्म सन् १९८० को डिसेम्बर १२ मा भएको थियो । उनले सन् २००४ मा टिभीमा पहिलोपटक अभिनय गरेका थिए ।   सन् २००८ मा ‘वह बाबुलका आंगन छुटे ना’ नामको सिरियलमा काम गरेका थिए । उनी ‘बालिका बधु’ बाट भने चर्चामा रहे । सिद्धार्थ ‘बीग बोस’को विजेता समेत बनेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर