१७ भाद्र २०७८, बिहिवार

लुम्बिनी प्रदेशसभाको आजका लागि तय भएको बैठक स्थगन गरिएको छ।

https://amzn.to/4myfPN5

नवौँ अधिवेशनको पाँचौँ बैठक सूचना टाँसेर यही भदौ ३० गतेसम्मका लागि स्थगन गरिएको हो। मुख्यमन्त्री कुलप्रसाद केसीका नेतृत्वमा नयाँ सरकार गठन भएपछि आह्वान भएको नवौँ अधिवेशनको बैठक नेकपा (एमाले)को अवरोधका कारण पटक–पटक स्थगन हुँदै आएको छ।

आफ्नो पार्टीले कारबाही गरेका विमलाकुमारी वली र अजय शाहीलाई कारबाही गर्नुपर्ने माग गर्दै एमालेले बैठक अवरुद्ध गर्दा बैठक स्थगन हुँदै आएको थियो। भदौ ७ गते मुख्यमन्त्रीले विश्वासको मत लिने बेलामा भने एमालेले प्रदेशसभा बैठक बहिष्कार गरेको थियो। मुख्यमन्त्रीले विश्वासको मत लिएपछि बैठक आजसम्म स्थगन भएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर