
१७ भाद्र २०७८, बिहिवार
साईप्रसमा मोटरसाईकल दुर्घटना हुदा कपिलवस्तुका २४ वर्षिय तुलसी भुषालको मृत्यु भएको छ ।
डेरिनियाको एक्रोपोलोसमा दुर्घटनामा सर्लाहिकिा ३० वर्षिय मिरा घिसिङ गंभिर घाईते भएकि छिन ।
साईप्रसवाट प्रकाशित भएका अनलाईन पत्रपत्रिकाका अनुसार मंगलवार साझँ करीव छ वजेतिर मोटरसाईकला दुर्घटना भएको हो ।
समाचार अनुसार उनीहरु दुवैजनाले हेलमेट लगाएका थिएनन । भुषालको शव लार्नाकाको मोरतुवारीका राखिएको छ भने घाईते मिराको निकोसियाको अस्पतालमा उपचार भैरहेको छ ।
साईप्रस प्रहरीले गरेको प्रारम्भिक अनुसन्धानमा मोटरसाईकल तिव्रगतिमा चलाएको र नियन्त्रणा नआएपछि पर्खालमा ठोक्किएको थियो ।
घटनाको सम्वन्धमा नेपाली अबैतनिक बाणिज्य राजदुताबास साईप्रसमा खवर गरिसकिएको पनि उल्लेख छ ।