
१६ भाद्र २०७८, बुधवार
मलेसियाको अध्यागमन विभागले क्वालालम्पुरको पुडुमा छापा हानेर केहि विदेशिहरुलाई पक्राउ गरेको छ ।
मलेसियाको हटस्पटको रुपमा लिइने उक्त होटलमा वेश्यावृतीमा संम्लग्न भएकाहरुलाई पक्राउ गरिएको जनाएको छ । वारम्वार छापा हान्दापनि कुनै परिवर्तन नआएको भन्दै फेरी पनि छापामा पाचँजना भियतनामि महिला र सात जना वंगलादेशिलाई पक्राउ गरिएको त्यहाको अध्गागमन विभागले जनाएको छ ।
यसैगरी पुचोगमा दिउसो छापा हानिएको र त्यहाँवाट १२ जना पक्राउ परेका थिए ।उनीहरुको कुन देशका थिए कुनै खुलाईएको छैन । यसैगरी साईवरजयाको एउटा क्लवमा पनि छापा मार्दा त्यहावाट भाग्न खोज्दा एक ब्यक्ति पोखरीमा परेका थिए । पोखरीमै हामफालेर समातिएको छ । पक्राउ परेकाहरुलाई सिमोनिया डिपोमा राखिएको र आवश्यक कार्वाहि गरिने वताईएको छ ।
फोटो:अध्यामगन विभाग मलेसिया