दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१६ भाद्र २०७८, बुधवार


मलेसियामा एक नेपालीको डिउटि गरेकै ठाउँमा मृत्यु भएको छ । वुधवार दिउसो करीव १२ वजे तिर खाना खाईवरी डिउटिमा वसेका वैतडि जिल्लाको दोगडाकेदार गाउँपालिका वडा न ४ श्रीकेदार घर भई मलेसियामा कार्यरत ३३ वर्षिय गोपाल सिह विष्टको पोष्टमै मृत्यु भएको हो ।
वल्ड केलाङ लामामा रहेको एक स्थानमा उनी कार्यरत थिए । विष्ट ढलेको थाहा पाउना साथ साथीहरुले एम्वुलेन्स वोलाउनको लागि निकै फोन गरे तर एम्वुलेन्स आएन । साथीहरुले ग्राव अर्डर गरे ग्राव आउदा विष्टको मृत्यु भैसकेको थियो ।
तीन वर्ष अगाडि मात्रै प्रोफेशनल मेनपावरवाट विष्ट रोजगारीका लागि मलेसियाआएका थिए ।
वन्दरवारु वाग्ङीमा मुख्य कार्यालय रहेको कावालान केशलामातान अनुग्रह सेक्युरिटि कम्पनी अन्तरर्गरत विष्ट वल्ड केलाङ लामा रोडमा रहेको एक स्थानमा कार्यरत  थिए ।
कम्पनीलाई खवर गरेपछि प्रहरी र मलेसियाको स्वास्थ टिमले शवलाई क्वालालम्पुर अस्पतालमा लगेको छ । स्वास्थकर्मिहरुको सवै समुहले पिपिई लगाएर मात्र शवलाई उठाएका थिए । कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार पहिले शवको पिसिआर गरिने र त्यसपछि मात्रै पोसमार्टम गरिने जानकारी अस्पतालले गराएको उदृत गर्दै कम्पनीमा कार्यरत साथीहरुले जानकारी गराए ।

विष्टले करीव एक हप्ता अगाडि आफुलाई छातिमा समस्या देखिएको वताएका थिए । तर उनले कम्पनीलाई भने कुनै जानकारी गराएका थिएनन र कुनैपनी औषधि प्रयोग गरेका थिएनन ।

विष्ट परिवारका माहिला छोरा हुन । विष्टका परिवारमा श्रीमती र पन्ध्र र छ वर्षका दुई छोरा छन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर