१६ भाद्र २०७८, बुधवार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य कल्याण गुरुङले पार्टीको सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका छन् । बुधबार पत्रकार सम्मेलन गरेर गुरुङले सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका हुन् ।

आगामी मंसिर ९ देखि १३ सम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनमा सभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन् ।

यसअघि उपसभापति विमलेन्द्र निधिले पनि सम्पर्क कार्यालय स्थापना गर्दै सभापतिको उम्मेदवार बन्ने औपचारिक घोषणा गरेका थिए ।

सभापतिको उम्मेदवारी घोषणा गर्दै गुरुङले आफू युवाहरुको नेतृत्व गर्दै सभापतिको उम्मेदवार बन्ने बताए । उनले पार्टीमा युवाहरुलाई अगाडि ल्याउनुपर्छ भन्ने मान्यताका साथ आफू उम्मेदवार भएको बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर