१६ भाद्र २०७८, बुधवार

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले उपत्यष्का निषेधाज्ञा थप गर्ने निर्णय गरेको छ । आज बसेको बैठकले निषेधाज्ञा जारी राख्दै केही क्षेत्र खुलाउने र केही बन्द नै रहनदिने निर्णय गरेको हो ।

https://amzn.to/4myfPN5

मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन्।

कोरोना सङ्क्रमण दरलाई विश्लेषण गरेर विद्यालयबारे यस्तो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए ।

विद्यालय सञ्चालनका लागि स्मार्ट लकडाउनको प्रावधान भित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु संचालनको निर्णय गर्न सक्ने बताइएको छ ।

बैठक पछि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ।

प्रतिक्रिया

सम्बन्धित खवर