१६ भाद्र २०७८, बुधवार

कोरोना भाइरसको संक्रमणको जोखिमको कारण बन्द रहेको चिडियाखाना  साउन १ गतेदेखि सञ्चालनमा आएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

सञ्चालनको मुख्य आय टिकट बिक्रीबाट हुने गरेकोमा यो श्रोत नै बन्द भएपछि चिडियाखाना समस्यामा परेको हो । वार्षिक १४ करोड आम्दानी हुने गरेको चिडियाखानामा अहिले आधा जस्तो आम्दानी घटेको चिडियाखानाकी सूचना अधिकृत लिना चालिसेले जानकारी दिनुभयो ।

सूचना अधिकारी चालिसेले विगतमा वार्षिक रूपमा चिडियाखानामा १४ करोडसम्मको आम्दानी हुने गरेको र त्यसमा जनावरलाई खुवाउनका लागि लगभग ४ करोड खर्च हुने गरेको बताउनुभयो । तर, अहिले वार्षिक रुपमा ८ करोडको हाराहारीमा पनि आम्दानी नभएको उहाँको भनाइ छ ।

अहिले चिडियाखानामा स्तनधारी ३६ प्रजातीका २९९, सरिसृप १० प्रजातीका ४८, मत्स्य १५ प्रजातीका ४१, पंक्षी ५२ प्रजातीका ६०९ वटा गरी ११३ प्रजातीका ९९७ वटा वन्यजन्तु रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर