दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

१६ भाद्र २०७८, बुधवार

‘ हैन स्वर त हाम्रो केटा वुद्धिमानको जस्तो छनी किन हो ? एक वर्ष सम्म पनि फोन नगरेको’  ? आमा लिला विकको पहिलो वोलीले म झसंग    भए । आमा लिला विक जसले परदेशिएको छोराको स्वर नसुनेको ११ महिना भैसकेको रहेछ ।

मेरो स्वरपनि उहाँको छोराको जस्तै रहेछ र आमा झुक्किनु भयो । मैले भने ‘म तपाईको छोरा त होइन तर तपाईको छोरा जस्तै कमाउन मलेसिया आएको सुदुर पश्चिमको केटा हुँ ’।मैले उत्तर फर्काए ।  आमाले थप्नुभयो ‘लौन हाम्रो वुद्धिमानले घरमा फोन नगरेको पनि एक वर्ष हुन लाग्यो वावुसंग हाम्रो छोराको चिनजान छ भनी एकपटक फोन गर्न भनिदिनुपरयो ’ । मैले पनि हुन्छ भनेर जवाफ फर्काए ।

आमा लिला विकको यो भनाईले मलाई विझयाईरहयो । किन वुद्धिमानले आमालाई फोन नगरेका होलान । किन परिवार विर्सिएका होलान ? मेरो मनमा वेस्सरी  खट्किरहयो, र लाग्यो आमा छोराको मिलन गराईदिनु पर्छ र मैले आमालाई छोरा भेटाईदिनु पर्छ ।

भोजपुर जिल्लाको टेम्केमैयुङ गाविस वडा न १का वुद्धिमान विक परिवारका जेठा छोरा हुन । परिवारलाई खानलाउन दुखै थियो । निकै दुखले हुर्काएकि थिइन आमालिला विकले वुद्धिमान र सवै छोराछोरीलाई ।

घरपरिवारलाई सुख दिन्छु भनेर श्रृणधन गरेर मलेसिया आउनुभन्दा अगाडि उनी साउदी अरव पुगे । साउदीमा कमाईपनि राम्रै थियो । गएको श्रृणपनि तिरे । तर गर्मिले उनको ज्यानलाई त्यति साथ दिएन । तीन वर्ष जसोजतो कटाएर फर्किए ।

नेपाल आएपछि केहि गर्ने सोचाईपनि वनाए तर समयले साथ नदिएपछि फेरी वैदेशिक रोजगारीको वाटो समाउन पुगे र आठ वर्ष अगाडि मलेसिया आईपुगे ।
मलेसिया आउदा कुन कम्पनीमा आए । काम कस्तो छ परिवारलाई खुलस्त वनाएनन । मात्रै भन्थे कम्पनीको काम हो ठिकै छ । एकपटक कम्पनीमा काम गर्दा उनी दुर्घटनामा पनि परे । नेपालवाट दिदी वहिनीहरुले उपचार खर्च समेत पठाईदिएपछि ‘आमा म सन्चो भए अव चिन्ता गर्नुपर्देन ’ भनेर भनेपछि आमाको मन सन्तोष भएको थियो ।
मलेसियामा आएपछि घरपरिवार संग सम्पर्क हुदा सम्म उनले निरन्तर पैसा पठाईरहे । घर परिवारमा सुख सन्तोषका दिनहरु देखिन थालेका थिए ।
वुद्धिमानको छोरा पनि अहिले ८ वर्षको भैसकेका छन । दुईजना दिदीवहिनीहरुको वन्दिपुर तीर विहे भैसकेको छ । वुद्धिमानले घरपरिवारको सल्लाह वमोजिम छोरालाई पढाउन भन्दै श्रीमतीलाई वन्दिपुरमा डेरामा राखिदिए । तर के गर्नु ६ वर्षिय छोरालाई  डेरामै छाडेर श्रीमती अर्केैसंग पोइला गएपछि छोरा अहिले फेरी हजुरआमा हजुर वुवा सगै आएका छन ।
घरमा भएका कान्छो छोरा पनि अहिले कतार गएपछि तीनजना मात्रै छन । मलेसियावाट कसैको फोन आयो या मलेसियाको कुरा कसैले गरयो भनेपनि आमा लिला विकले निकै चाख दिएर सुनिन्छ र आफनो छोराको वारेमा थाहा छकि भने सोधिखोजी गरिहाल्छिन ।

वुद्धिमान जेलमा परेका छन भन्ने खवरको अलिअलि हल्ला घर सम्म पुगेको रहेछ । कुन केशमा कहिले र कुन जेलमा छन भन्ने थाहा पाउन नसक्दा अन्योलमा  छिन । ‘कहिल्यै कसैलाई केहि नभन्ने केहि नगर्ने छोरा कसरी जेलमा परयो’ भन्ने चिन्ताले आमा लिलाको मन निकै रोएको    छ ।
घरमा फोन गरेर कोहिले सुवाङजेल,कोहिले सेव्रागजया, कोहिले काजाङमा छ भन्ने रहेछन तर परिवारलाई सम्वन्धित निकायले भने कहिल्यै खवर नगरेको रहेछ ।  लिला भन्छिन ‘सम्वन्धित निकायले 9825710686 नम्वरमा फोन गरिदिए ढुक्क हुनेथिए’ मन सन्तोष हुनेथियो, के भएको रहेछ वुद्धिमानलाई सवैनालीवेली सुन्न पाउथे’ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर