१६ भाद्र २०७८, बुधवार

कुवेतमा नक्कली रोजगारदाता कम्पनी चलाउने १३ जनालाई पक्राउ परेका छन ।

एक अरबीयनसहित १२ जना एसियन नागरिकलाई पक्राउ गरिएको अरव टाईम्सले जनाएको छ ।

सामान्य प्रशासनले घरेलु कामदारको लागि रोजगार दिने भनेर स्थापित नक्कली कार्यालयमा छापा मार्दा उनीहरूलाई पक्राउ गरेको हो ।
नक्कली कार्यालय सञ्चालन गर्दै आएको गिरोहले लाइसेन्स प्राप्त रोजगारदाता कम्पनिमार्फत रोजगार प्राप्त गरेका कामदारलाई अन्य रोजगारदाता कम्पनीलाई वितरण गरे वापत अग्रिम भुक्तानी लिने गरेको बताइएको छ । यस्तो धन्दामा धेरै नेपाली महिला पनि संग्लन छन् ।
गैरकानूनी कामदारहरूलाई जुनसुकै समय कुवेत प्रहरीले भेट्टाएको खण्डमा पक्राउ गरी देश निकाला गरेर आफ्नो देश पठाउने गरेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर