१६ भाद्र २०७८, बुधवार

बेलायतको स्कटल्याण्डमा रहेको बेन नेविसको चुचुरोमा नेपाली झण्डा फहराएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

१३४५ मिटर अग्लो उचाईमा रहेको चुचेरोमा नेपाली झण्डा फहराईएको हो ।
बेलायती सेनामा काम गरेका तर पेन्सन तथा अन्य सुविधाबाट वञ्चित रहेका गोर्खा सैनिक र तिनका परिवारलाई सहयोग गर्ने उद्देश्यले आरोहण अभियान संचालन गरिएको थियो ।

बेलायतका विभिन्न स्थानमा बसोबास गर्ने नेपाली तथा विदेशी गरी जम्मा २२ जनाले आरोहणमा भाग लिएका थिए । न्यूकासल निवासी बिनम घिमिरेले अभियानको संयोजन गरेका थिए ।
संयोजक घिमिरेका अनुसार अभियानबाट ५०० पाउन्ड संकलन गर्ने लक्ष्य राखिएको भए पनि ८३६ पाउन्ड संकलन भइसकेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर