 
							१६ भाद्र २०७८, बुधवार
‘द भ्वाइस अफ नेपाल रियालिटी सो’का विजेता किरण गजमेरलाई अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रष्टी सदस्यता प्रदान गरिएको छ।
विदेशमा रहेर किरणले नेपाली गीत संगीतको क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उक्त सदस्यता प्रदान गरिएको हो।
अनेसास वर्तमान विधान बमोजिम ट्रष्टीको सदस्यता शुल्क एक हजार अमेरिकी डलर रहेको छ।
उक्त रकम एरिजोना निवासी अनेसास ट्रष्टीका सल्लाहकार रोहिणी शर्माले प्रायोजन गर्नु भएको हो।
शर्माले किरणको गायन क्षमता,स्वर,कला र विदेशमा बसेर पनि नेपाली गीत संगीतमा उनको योगदानको उच्च प्रशंसा गर्नुभएको छ।
कार्यक्रममा ट्रस्टीका सभापति गीता खत्री,अनेसासका केन्द्रीय अध्यक्ष प्रकाश पौडेल माइला,बिओटी उपसभापति पदम विश्वकर्मा,अनेसासका वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजा लगायतकाले किरणको गायनकलाको तारीफ गरेका थिए ।


 
								

 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com