१५ भाद्र २०७८, मंगलवार

माओवादी केन्द्रको भातृ वाईसीएलको राष्ट्रिय भेलाले बिना नेतृत्व १ सय ९९ जनाको केन्द्रीय कमिटी चयन गरेको छ ।
केन्द्रीय कमिटीमा तीनजनाले अध्यक्ष पदमा दाबी गरेपछि अध्यक्षविनाको केन्द्रीय कमिटी गठन गरिएको हो ।
अध्यक्ष पदका लागि सुबोध शेर्पाली, सुमन देवकोटा र यशोदा न्यौपानेले दावी नछाडेपछि अध्यक्षबिनाको केन्द्रीय समिति बनाइएको हो ।
भेलाले १९९ जना केन्द्रीय सदस्य चयन गरेको छ भने पछि १० प्रतिशत अर्थात २३ जना थप गरी २३१ सदस्यीय केन्द्रीय समिति गठन गरिनेछ । नयाँ अध्यक्षसहितका अन्य पदाधिकारीको चयन गर्ने जिम्मेवारी पनि नयाँ केन्द्रीय समितिलाई नै दिइएको छ ।
अध्यक्ष चयन गर्ने जिम्मा पार्टि अध्यक्ष प्रचण्डलाई दिएपछि यो प्रकृयाको धेरैतिरवाट आलोचना भएको छ । हाईटेक प्रविधिवाट गरिएको भनिएको भेलाले नेतृत्व चयन नगरेर टिके प्रथा गर्न थालिएको भन्दै आलोचना भएको छ ।

https://amzn.to/4myfPN5

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर