
१५ भाद्र २०७८, मंगलवार
दार्चुला घटनामा गठित छानविन समितिले प्रतिवेदन गृहमन्त्री बालकृष्ण खाणलाई बुझाएको छ।
छानविन समिति संयोजक सहसचिव जनार्दन गौतमले प्रतिवेदन गृहमन्त्रीलाई बुझाएका हुन्।
दार्चुलामा महाकाली तर्दा तुइन चुँडिएर ३३ वर्षीय जयसिंह धामी १५ साउनमा बेपत्ता भएका थिए।
सो घटनाको छानबिन गर्न १७ साउनमा गृहमन्त्रालयका सहसचिव गौतमको संयोजकत्वमा समिति बनाइएको थियो।
प्रतिवेदन बुझ्दै गृहमन्त्री खाणले प्रतिवेदन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको बताए।