१५ भाद्र २०७८, मंगलवार

रोजगारीको लागि कतार गएका दुखिलाल मण्डल पाचँ वर्ष देखिसम्पर्क विहिन भएपछि खोजी गरिदिन परिवारले अपिल गरेका छन ।
धनुषा जिल्लाको कमला नगरपालिका–७ सिंग्याही मडानकी विनिता देवीले आफनो श्रीमानको खोजी गरिदिन कतारमा रहेका नेपालीहरुलाई अनुरोध गरेकि हुन ।
आठ वर्ष अगाडि २ लाख काढेर   दुखि मण्डल कतार गएका थिए ।
शुरुका दिनहरुमा कुनै महिना १० हजार त कहिले २० हजार रुपैयाँ पठाउने गरेको भएपछि पछिल्लो पाँचबर्ष देखि उनी परिवार संग सम्पर्क विहिन छन ।
शुरुमा कतारमा जादा कपिलकोमा  वाख्रा चराउने काममा लागेको दुखिले वताएका थिए तर त्यो वेलामा उनी संग फोन समेत नहुदा कपिलवाट फोन गर्ने गर्दथे । लामो समयसम्म फोन नगरेपछि नेपालवाट त्यहि नम्वरमा फोन गर्दा दुखि नेपाल गैसकेको वताएको उनले वताईन ।

श्रीमान कहाँ र कस्तो अवस्थामा छन भन्ने केहि थाहा नभएकोले कतारमा रहेका सवैलाई खोजी गरिदिन विनिताले अपिल गरेकि छिन । कतार पठाउदा कुनै पनि कागजपत्र घरमा नछाडेकोले कहाँ र कुन कम्पनीमा गएको हो विनितालाई केहि पनि थाहा छैन ।

दुईभाई छोरा मध्ये एउटा छोरालाई दुखि मण्डललाई उनले दुवई पठाएकि छिन । कतारमा लकडाउन भएको कारण दुई वर्षदेखि कमाई नभएको विनिताले वताईन ।

उनले भनिन एउटा फोटो छ हो यसैको आधारमा खोजी गरिदिनोस न ।

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर