दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१५ भाद्र २०७८, मंगलवार
मलेसियाको मुहार वाक्रि कावु सायरमा रहेको स्विसन किलान कम्पनीमा कार्यरत नेपालीहरुको समस्या सार्वजनिक भएपछि एनआरएन मलेसियाको एक टोली कम्पनीमा पुगेको छ ।
एनआरएनए मलेसियाका महासचिव रन्जीत क्षेत्रीे सहित गएको टोलीले पिडित नेपालीहरुलाई आवश्यक पर्ने खाध्य सामाग्रिहरु उपलब्ध गराएको छ ।
चामल,चाउचाउ,अण्डा,दाल,आलु,ब्याज,लसुन तेल लगायतका खाधसामाग्रि आफुहरुले पाएको पिडित मध्येका एक पुस्पलाल माझिले हामिलाई टेलिफोनमा जानकारी गराए ।
एनआरएनका महासचिव रन्जीत क्षेत्रीेले टेलिफोनमा भन्नुभयो ‘भाईहरुको समस्यानै रहेछ अहिललाई केहि राहत दिएर आएका छौ अव वाकि सवैमिलेर केहि गर्नुपर्छ ’।
उक्त कम्पनी तीन महिना देखि वन्द भएको छ । कम्पनी वन्द भएपछि उनीहरुलाई कम्पनीले कुनै वास्ता गरेको छैन । कम्पनीमा कार्यरत १० जना नेपालीमध्ये ८ जना विरामि समेत परेका छन । अगष्ट विरामि परेका मध्ये २४ गते देखि विराटनगरका एकजना नेपालीको अवस्था गंभिर छ । आफुहरुको कम्पनीसंग कुरा गर्दा मेनेजर र सुपरभाईजरको नाम लिदै एकआपसमा पन्छिरहेको उनीहरुको भनाई छ ।
अघिल्लो वर्ष पनि उक्त कम्पनी वन्द भएको थियो त्यो वेलामा दैनिक १० रिगेट दिने गरेको थियो ।
कम्पनीमा नेपाली श्रमिकहरुको अवस्था थाहा पाएपछि आफुहरुले आज राहत लिएर गएको एनआरएनका अध्यक्ष विनोद वहादुर थापाले वताउनु भयो । उहाँले भन्नुभयो ‘यो कम्पनीमा समस्या नै रहेछ भोली वुधवार दुतवासमा पुगेर यो समस्यो जरैदेखि हल गर्नको लागि पहल गर्नेछौ’ ।
यो पनि पढनु होस
तीन महिना देखि मलेसियाको एक कम्पनी वन्द, क्लिनिक सम्म पनि जान पाएनन