१५ भाद्र २०७८, मंगलवार
मूल प्रवाह अखिल भारत नेपाली एकता समाज उत्तर भारत क्षेत्रीय समितिको पाचौं सम्मेलन पछिको प्रथम भेला कानपुरमा सम्पन्न भएको छ ।
भेलाले राम प्रसाद बस्यालको अध्यक्षतामा ९ पूर्ण, तीन वैकल्पिक, ७ सल्लाहकार गरी १९ सदस्यीय उत्तर भारत क्षेत्रीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा खिम बहादुर केसी कानपुर, सचिवमा धनबीर विक कानपुर, सहसचिवमा लोक बहादुर गुरुङ कानपुर, कोषाध्यक्षमा लक्ष्मी प्रसाद ज्ञवाली इलाहाबाद रहेका छन ।
यसैगरी सदस्यहरुमा बीरबहादुर जी.सी कानपुर, राजु अधिकारी इलाहाबाद, खगराज पौडेल लखनऊ, किसन सिंह परियार इलाहाबाद, वैकल्पिकसदस्यमा छविलाल बंजाडे कानपुर, गोपाल सुवेदी लखनऊ र गोमा थापा इलाहाबाद रहेका छन ।
त्यस्तै भेलाले केबी, गुरुङ कानपुर, विकाश थापा लखनऊ, प्रकाश थापा झांसी, राम बहादुर गुरुङ गोरखपुर, मीना थापा गोरखपुर, शिब बहादुर विक कानपुर र टोप बहादुर पुन लखनऊलाई सल्लाहकार चयन गरेको छ ।
केन्द्रीय समितिका सदस्य भीम बहादुर थापाको प्रमुख आतित्थ्यतामा सम्पन्न भेलाको अध्यक्षता रामप्रसाद वस्यालले र सञ्चालन धनवीर विकले गर्नुभएको थियो ।
छविलाल बञ्जाडेले कार्यक्रममा सहभागिहरुलाई स्वागत मन्तव्यबाट स्वागत गर्नुभएको थियो । त्यस्तै लोकबहादुर गुरुङ, किसन खड़का, महिला विभागकी हरी कला गुरुङले भेला सफलताको शुभकामना दिनुभएको थियो ।