१५ भाद्र २०७८, मंगलवार

कुवेतमा अगष्ट २० तारिखमा सडक दुर्घटनामा ज्यान गुमाएका कास्कि मादिगाउँपालिका १ खिलुङका जंग वहादुर गुरुङको शव नेपाल ल्याएर अन्त्येष्ठि गरिएको छ ।
नियमित डिउटि जानेक्रममा गुरुङ चढेको सवारी साधनलाई अर्काे सवारी साधनले ठक्कर दिदा गुरुगको घटनास्थलमै मृत्यु भएको थियो ।
एएसजी कम्पनीमा उनी दुईदशक देखि कार्यरत रहेका थिए । निजको परिवारमा श्रीमती दुई छोरा एक छोरी रहेका छन । यसैविच तमु समाज कुवेतले मृतक जंग वहादुरको निधनले समाजमा निकै दुख पुगेको भन्दै समवेदना ब्यक्त गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर