१५ भाद्र २०७८, मंगलवार

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

खोप लगाउन नपाएको कारण विदेशजान वाट वन्चित हुन थाले पछि विदेश हिडेका युवाहरुले आज विहान माइतीघर मण्डलामा सरकार विरुद्ध प्रर्दशन गरेका छन ।
भिसा लगायतका सवै प्रक्रिया पूरा गरेका युवाहरु घण्टौं लाइनमा बस्दा पनि खोप लगाउन नपाएपछि आक्रोशित हुदै उनीहरु सडकमा निस्किएका हुन । महाराजञ्जस्थित नेपाल प्रहरीको २ नम्बर गणमा हिजो राती ९ बजेदेखि लाइनमा बसेका उनीहरुलाई आज बिहान ५ बजे प्रहरीले खोप सकिएको भनेपछि उनीहरु सरकार विरुद्ध नारा लगाउँदै माइतीघर मण्डला पुगेका थिए ।

सरकारले वैदेशिक रोजगारीमा जानेहरुका लागि एक डोज मात्रै लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाउने भने पनि खोपको मनपरी वितरणका कारण लक्षित वर्गमा खोप पुग्न नसकेको पाइएको छ
खोप कार्यक्रमकमा प्रमुख डा झलक शर्माले जोन्सन एण्ड जोन्सन खोपको मौज्दात सकिएको र थप खोप कहिले आउने भन्ने कुनै टुंगो नभएको वताए ।
सरकारले खोपको ब्यवस्थित वितरण गर्न नसक्दा वैदेशिक रोजगारीमा जाने हजारौं युवा अलपत्र पर्ने अवस्था देखिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर