
१४ भाद्र २०७८, सोमवार
करेन्ट लागेर धादिङ जिल्लामा दुई जनाको मृत्यु भएको छ ।
धादिङको गजुरी गाउँपालिका –५ गलौधीमा करेन्ट लागेर अर्का जना घाइते भएका छन् ।
मृत्यु हुनेमा स्याङ्जा पुतलीबजारका विमल परियार र पोखराका उमाकान्त बराल रहेका छन् ।
एनसेल मोबाइलको तार बिजुलीको पोलमा जोड्न भर्याङ हाल्ने क्रममा करेन्ट लागेर दुवैजनाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ ।