१४ भाद्र २०७८, सोमवार

एनआरएनएको आगामी अक्टोबरमा हुने निर्वाचनको पूर्व सन्ध्यामा केही एनसीसीहरुले विधानविपरीत आफ्ना मतदाता बढाउन नयाँ सदस्यहरू थपिरहेको भन्दै केन्द्रीय समितिमा उजुरी परेको छ ।
गैर आवासीय नेपाली संघका युरोप संयोजक नारायण आचार्य तथा ११ आइसिसी सदस्यहरुले केन्द्रीय अध्यक्ष कुमार पन्तलाई छुट्टाछुट्टै पत्र लेख्दै निर्वाचनको घोषणा भैसकेपछि पनि विधान विपरीत सदस्य तथा प्रतिनिधिहरू थपिएको जनाउँदै विधान विपरितका यस्ता कार्य तत्काल बन्द गर्न माग गरेका छन् ।
उनिहरुका अनुसार उक्त मितिसम्म एनसिसी रसियामा ४,७४ सदस्य सूचिकृत छन् । तर अहिले ७, ७२ पुर्‍याइएको छ । न्यूजील्याण्डमा ५,३८ सदस्य कायम रहेकोमा ८,९८ बनाइएको छ । त्यस्तै लक्जम्वर्गमा सदस्य संख्या ६० बाट २,६५ पुर्‍याइएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर