
दिनेश खड्का खप्तडि/ क्वालालम्पुर
१४ भाद्र २०७८, सोमवार
मलेसियामा कोरोना सक्रमणवाट एक नेपालीको मृत्यु भएको छ ।
मोरङ जिल्लाको वेलवारी नगरपालिका वडा न ११ घर भई मलेसियामा कार्यरत ५१ वर्षिय राम वहादुर धिमालको आईतवार साझँ मृत्यु भएको हो । इम्पेन मुर्नी इण्टरप्राइजेज कम्पनी अन्तरर्गत पेनाङमा रहेको पानी कम्पनीमा राम वहादुर कार्यरत थिए ।
केहि दिन अगाडि देखि कोरोना सक्रमण देखिए पछि पुलाऊ पेनाङको अस्पतालमा भैरहेको थियो । उपचारकैक्रममा आईतवार साझँ करीव सात वजेतीर मृत्यु भएको कम्पनीमा कार्यरत नेपालीहरुले जानकारी गराएका छन ।
राम वहादुर करीव सात वर्ष देखि सोहि कम्पनीमा कार्यरत छन ।पछिल्लो समय २०१८ को मे महिनामा दोश्रोपटक मलेसिया आएका थिए । शवलाई पोष्टमार्टमको लागि पेनाङ अस्पतालमा राखिएको छ ।
राम वहादुरको परिवारमा श्रीमती एक छोरा र एक छोरी रहेका छन । छोरा केहि महिना अगाडि मात्रै रोजगारीको लागि कतार गएका छन ।
यसैविच कम्पनीमा कार्यरत नेपालीहरुले दिएको जानकारी अनुसार सोहि कम्पनीमा कार्यरत अन्य पाँच जना नेपालीहरुमा पनि कोरोना सक्रमण देखिएको छ । जसमध्ये एक जनाको अवस्था गंभिर रहेको समाजसेवि लोकनाथ ढकालले जानकारी गराए ।