१४ भाद्र २०७८, सोमवार

बेलायतमा वृहत नेपाली मेला सम्पन्न भएको छ । आइतबार केम्पटन पार्क रेस कोर्स लन्डनमा भएको कायक्रमा करीव दुई हजार नेपालीहरु सहभागि भएका थिए ।

नेपाली मेलाको बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा गैरआवासीय नेपाली संघ  यूकेका अध्यक्ष प्रेम गाहा मगर, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, आमा समूहकी अध्यक्ष सीता गुरुङ, तमुधिं यूकेका पूर्वअध्यक्ष लगायतले संयुक्त रुपमा उदघाटन गरेका थिए ।

 

उद्घाटन कार्यक्रममा आफनो भनाई राख्दै राजदुत रेग्मीले नेपाली मेलाले नेपाली भाषा, संस्कार, संस्कृति, भेषभूषाको विकास र संवद्र्धनमा योगदान र्पुयाइरहेको बताए ।

अध्यक्ष हित काजी गुरुङ ले बेलायत सरकारको नियम पालना गर्दै मेला आयोजना गरेको भन्दै यसमा साथ दिने सम्पूर्ण नेपालीलाई धन्यवाद दिए ।तमुधिं यूकेका महासचिव परशु गुरुङले सञ्चालन गरेको औपचारिक कार्यक्रममा मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

मेलामा नेपाली मौलिक भेषभूषादेखि ग्रामीण परिवेशमा प्रयोग गरिने हलो, जुवा, ढिकी, जाँतोलगायतका सामग्री पनि प्रदर्शन गरिएको थियो । यूकेले सन २००९ देखि हरेक वर्ष हुँदै आएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर